
अरु बालिगझैं आफ्नो मत प्रकट गर्ने अधिकार बन्दी र कैदीलाई पनि हुने विश्वव्यापी मानवअधिकारको मान्यता छ । तर यसपालिको चुनावमा देशभरका झण्डै १९ हजार कैदी मताधिकारबाट बञ्चित हुँदैछन् ।
कारागार व्यवस्था विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेका अनुसार यसपालि निर्वाचन आयोगले कैदीलाई अस्थायी मतदाताको नामावलीमा समेटेको छैन । त्यसैले नै उनीहरुले मताधिकार पाउने छैनन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्