२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सीमा नाकामा नेपाल प्रहरीले रोक्यो मालवाहक भारतीय सवारीसाधन


0
Shares

भैरहवा । रुपन्देही प्रहरीले क्षमता भन्दा बढी सामान बोक्ने मालवाहक भारतीय सवारीसाधनलाई सीमा नाकामा रोकेको छ ।

यातायात व्यवस्था विभागले ओभरलोड गाडीलाई नियन्त्रण गर्न नेपालभरका ट्राफिक प्रहरीलाई पत्राचार गरेपछि प्रहरीले भारतीय ओभरलोड गाडीहरुलाई रोकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

बेलहिया नाकामा हालसम्म औद्योगिक कच्चा पदार्थ बोकेका ३० भन्दा बढी ओभरलोड गाडीहरु रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख बेद पौडेलले जानकारी दिए ।

गृह मन्त्रालयको पछिल्लो निर्णय अनुसार औद्योगिक कच्चा पदार्थ बोकेका भारतीय ओभरलोड गाडीहरुलाई नाकादेखि बढीमा १५ किलोमिटरसम्म जान छुट दिइएको थियो ।

१५ किलोमिटरको नाममा भारतीय ओभरलोड गाडीहरु कपिलवस्तु र नवलपरासी जिल्लाका उद्योगहरुसम्म समेत पुग्ने गरेका थिए ।

यता, यातायात व्यवस्था विभागको पत्रलाई प्रहरीले कार्यान्वयनमा ल्याएर भारतीय ओभरलोडका गाडीहरु रोक्न थालेपछि यातायात व्यवसायी खुसी भएका छन् ।