Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


दैलेखको सियाकोटमा माइक्रोबस दुर्घटना, तीनको मृत्यु, ८ जना घाइते


0
Shares

सुर्खेतबाट दैलेख जाँदै गरेको बा. १ ख ५०१० नम्बरको माइक्रोबस शुक्रबार राती दैलेखको गुराँस गाउँपालिका–४ सियाकोटमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

एक जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–६ लाटीकोइलीका पारस तिवारी, नौमुले गाउँपालिका–५ का रत्नबहादुर सिजाली र जसी राना रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

घाईते हुनेहरुमा पाटाभार बर्दियाका परशुराम चौधरी, विनोद चौधरी, नरेश थारु र धर्म थारु रहेका छन् ।

त्यसैगरी दुल्लु नगरपालिका दैलेखका सुरेश देवकोटा र विमलबहादुर थापा तथा नारायण नगरपालिकाकी हेमा खड्का घाइते भएका छन् ।

घाईतेहरुको सुर्खेत देउती नर्सिङ होममा उपचार भइरहेको छ । तीव्र गतिका कारण माइक्रोबस दुर्घटनामा परेको बताइएको छ ।