बेलौरी नगरपालिका–७ टेडियास्थित बेलौरी–दैजी हुलाकी राजमार्गमा काम गर्दै गरेका रुपन्देही जिल्ला देवदह नगरपालिका–२ का ४० वर्षीय बसन्त ढुंगानाको मृत्यु भएको हो ।
सडक निर्माण सामग्री ओसार्दै गरेको ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका ढुंगानाको प्राथमिक स्वस्थ्यचौकी बेलौरीमा उपचारकैक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए ।
ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्