
काठमाडौं । काङ्ग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले धर्मको बारेमा पार्टीमा कुनै किसिमको प्रस्ताव नआएको र छलफलसमेत नभएको बताएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामको आयोजनामा नेता तथा कार्यकर्ता साथै पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
पत्रकारहरुसँग कुरा गर्दै डा. महतले हिन्दू धर्मको बारेमा पार्टीमा कुरा नउठेको स्पष्ट पारेका छन् ।
डा. महतले गुट बन्दी पार्टीका लागि घातक भएको भन्दै अब व्यक्तिगत स्वार्थका लागि गुटबन्दी गर्न नहुने बताए । डा महतले सरकारले संस्थागत रुपमा भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।
उनले पार्टीको क्रियाकलापका बारेमा कुरा गर्दै हिजोका दिनमा भएका कमीकमजोरीलाई सच्गाएर अघि बढे नेपाली कांग्रेस पहिलो पार्टी हुने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेस इलामका सभापति हिमालय कर्मचार्य, कांग्रेस नेता भेषराज आचार्य, कांग्रेसका नेता तथा समाजसेवी डम्बर खड्कालगायत अन्य नेता तथा कार्याकर्ताको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्