Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


जग्गा फिर्ताका लागि विप्लव नेतृत्वको माओवादीको उर्दी


0
Shares

काठमाडौं, पुस १६ । अर्धभूमिगत रुपमा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको विप्लव नेतृत्वको नेकपाको ताम्सालिङ जनपरिषदले जग्गा फिर्ता गर्न १५ दिने म्याद जारी गरेको छ ।

काभ्रेको रोशी गाउँपालिका–८ नार्के निवासी तर्कबहादुर तामाङको नाममा रहेको २१ रोपनी ८ आना १ पैसा ३ दाम बराबरको जग्गा दृष्टिबन्धक राखिएको भन्दै झुक्याएर रोशी गाउँपालिका ९ मंगलटारका बहादुरसिं तामाङको श्रीमती सानुमाया तामाङको नाममा राजीनामा पास नै गरेको भन्दै फिर्ता गर्न १५ दिने म्याद जारी गरेको जिल्ला इन्चार्ज शरद रसाईलीले बताए ।

जिल्ला अदालत काभ्रेमा मुद्दा दर्ता भई अदालतलाई समेत प्रभावित पारी गलत फैसला गराइएको भन्दै सो संगठनले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । –नेपाल समाचारपत्र दैनिकबाट