२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


हाम्रो विविधता झगडाको विषय होइन, गौरवको विषय हुनुपर्छ : प्रधानमन्त्री


0
Shares

काठमाडौं, पुस १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सबै नेपालीको भएको बताउँदै गुरुङ समुदायले राख्दै आएको जायज मागहरु पुरा गरिने बताएका छन् ।

आज राजधानीमा तमु ल्होसारको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालका भाषा, संस्कृति, कला र गौरवलाई खेर जान नदिने बताए । देशमा रहेको विविधता झगडाको विषय नभई गौरवको विषय हुनुपर्ने उनको भनाइ थियो ।

उनले लोकतन्त्र सबै जातजाति र भाषाभाषीका लागि हो भन्दै लोकतन्त्रिक गणतन्त्र सबैले मिलेर ल्याएको स्मरण गरे ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ, योजना आयोगका सदस्य सचिब दिलबहादुर गुरुङ, सञ्जय गुरुङ लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा आयोजकहरुले पुस १५ को सार्वजनिक बिदालाई पुनर्स्थापित गर्न माग गरेका थिए ।