Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


मेयर शाक्यद्वारा महानगरमा ढल व्यवस्थापन र हरियाली निर्माण गर्न निर्देशन


0
Shares

आइतबार सन्चारकर्मीसँग कामपाका केही स्थानमा गरिएको अवलोकनपछि प्रमुख शाक्यले सन्चारकर्मीसँग कुरा गर्दै परम्परागतरुपमा हुने कामपाको सफाइ अभियानलाई अन्त्य गर्दै नागरिकले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिएको बताए हुन् ।

उपप्रमुख हरिप्रभा श्रेष्ठ (खड्गी)सँगै शाक्यले आइतबार सुन्धारा, न्युरोड, रत्नपार्क, जमलमा रहेको आइल्यान्ड निर्माणको अवलोकन गरेका थिए ।

कामपाका सहप्रवक्ता नवराज ढकालका अनुसार अहिले त्रिपुरेश्वर, सुन्धारा, न्युरोड रत्नपार्कलगायत स्थानमा सडक छेउछाउ र सडकको बीच भागमा रहेको खाली स्थान (आइल्यान्ड)मा हरियाली बनाउनका लागि रूखबिरुवा रोप्ने काम भइरहेको छ ।

‘कालीमाटी, एयरपोर्ट आसपास स्थानमा भने मर्मतका काम भइरहेको छ’, सहप्रवक्ता ढकालले भने । कामपाले हाल ३० स्थानमा आइल्यान्ड निर्माणको काम गरिरहेको छ ।

प्रमुख शाक्यले एक हप्ताभित्र सक्नेगरी काम गर्न निर्देशन दिएकाले सोहीअनुरुप काम भइरहेको वातावरण व्यस्थापन विभागका प्रमुख रवीन्द्रमान श्रेष्ठले जानकारी दिए ।

हप्ताभित्र सक्नेगरी महानगरका विभिन्न स्थानमा आइल्यान्ड निर्माणको काम तीव्रगतिमा सुरु गरेको छ । पहिलो चरणमा नयाँ निर्माण गर्ने काम गरिनेछ भने दोस्रो चरणमा निर्माण भइसकेको स्थानमा मर्मत गरिनेछ । रासस