Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


प्रदेशबाटै श्रम स्वीकृति शुरु


0
Shares

काठमाडौं, पुस १५ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदेशबाटै श्रम स्वीकृति दिन सुरु गरेको छ ।

मन्त्रालयले प्रदेश नम्बर ५ को श्रम कार्यालय बुटवल र प्रदेश नम्बर २ को जनकपुरबाट श्रम स्वीकृति दिन शुरु गरेको हो । काठमाडौंबाट मात्र दिइदै आएकोे श्रम स्वीकृति प्रदेशबाटै पहिलोपटक शुरु गरेको हो । अबका दिनहरुमा अन्य प्रदेशबाट पनि श्रम स्वीकृति दिने व्यवस्था शुरु गरिने मन्त्रालयले जनाएको छ ।