Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


नगरपालिकाका मेयर जेलबाट छुटेको खुशीयालीमा दिइएको बिदा रद्द


0
Shares

रौतहट, पुस १५ । रौतहटको कटहरिया नगरपालिकाले मेयर जेलबाट छुटेको खुशीयालीमा दिएको बिदाको कार्यान्वयन भने नभएको जनाइएको छ ।

निमित प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटाले नगर प्रमुख सियाराम कुशहवाको निर्देशन अनुसार नगरपालिका, वडा कार्यालय र नगर क्षेत्रमा रहेका विद्यालयमा सार्वजनिक बिदा घोषणा गरेकोमा आज बिहान उक्त बिदा रद्द गरिएको हो ।

विश्व हिन्दु महासंघका तत्कालीन अध्यक्ष काशिनाथ तिवारीको २०६७ साल असार १२ गते भएको हत्याको आरोपमा उच्च अदालतको फैसला अनुसार जन्मकैदको सजाय भोगिरहेका कुशवाहलाई सर्वोच्च अदालतले निर्दोष सावित गर्दै सफाइ दिएको थियो ।

सर्वोच्चबाट सफाइ पाएपछि शुक्रबार डिल्लीबजार कारागारबाट उनी रिहा भएका थिए । करिब ९ महिला लामो कारागार बसाइपछि हिजो उनी हेलिकप्टर चार्टर गरी गृह जिल्ला रौतहट पुगेका थिए । उनलाई नगरवासीले फूलमाला, खादा र दोसल्ला ओढाएर स्वागत गरेका थिए ।

उनी कटहरिया डुमरिया र जमुनियामा राखिएको स्वागत सभामा पनि हेलिकप्टर लिएर पुगेका थिए । स्थानीय तहको निर्वाचनमा कांग्रेसका अजयप्रकाश जैसवाललाई पराजित गर्दै तत्कालीन माओवादी केन्द्रबाट कुशवाह विजयी भएका थिए ।