१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


प्रस्तावित प्रधानन्यायाधीशले मंगलबार संसदीय सुनुवाई समितिमा जवाफ दिने


0
Shares

काठमाडौं, पुस १५ । प्रधानन्यायाधीशका लागि प्रस्तावित चोलेन्द्रशमशेर जबराविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाई विशेष समितिमा आजदेखि सुनुवाइ शुरु भएको छ ।

समितिको आज बसेको वैठकमा उपस्थित भएका राणाले आफूविरुद्ध परेका उजुरीहरु र सांसदहरुका जिज्ञासा सुनेका थिए ।

अपरान्ह ४ बजेपछि कर्मचारी आन्दोलनका कारण सुनुवाई अघि बढ्न नसक्दा न्यायाधीश राणाले जवाफ दिन भने पाएनन् । आगामी मंगलबार बस्ने बैठकमा उनले जवाफ दिने कार्यक्रम छ ।

प्रस्तावित प्रधानन्यायाधीश राणाविरुद्ध ९ वटा उजुरी परेका छन् । सुनुवाई समितिले उनको नाम अनुमोदन गरेमा राष्ट्रपतिबाट उनी प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् ।