Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


कन्चनपुरको नेपाल–भारत सीमामा फेरि विवाद (भिडियो)


0
Shares

कन्चनपुरको उत्तरी क्षेत्र जोड्ने गड्डाचौकी–ब्रह्मदेव सडकको नेपाल–भारत सीमाको पिलर नम्बर ८०९ (५ ए) नजिक निर्माण भइरहेको कालोपत्रे सडकमा ह्युमपाइप राख्नलाग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गर्दा विवाद भएको हो ।

नेपाली भूमिमै भइरहेको सडक निर्माणमा भारतीय पक्षले आफ्नो क्षेत्र पर्ने भन्दै भारतीय नागरिक र हतियारसहित आएका एसएसबीले पानीको निकासका लागि हालेको ह्युमपाइप निकाल्नुपर्ने दबाब दिँदा विवाद भएको जनाइएको छ ।

एसएसबीको अवरोधपछि निर्माणको काम रोकिएको र सोबारेमा भारतीय पक्षसँग छलफल गरेर काम सुचारु गरिने कन्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।

गत वर्ष फागुनमा कल्भर्टकै विषयमा भएको विवादमा एसएसबीले नै चलाएको गोली लागेर कन्चनपुरको पुनर्वास नगरपालिकामा एकजना नेपालीको मृत्यु भएको थियो ।

भिडियो हेर्नुहोस्