६ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025


शंकरदेव क्याम्पसका विद्यार्थी आन्दोलित


0
Shares

काठमाडौं, पुस १५ । काठमाडौंको जमलस्थित परीक्षा नियन्त्रण कार्यालयको भवनमा अध्ययनरत शंकरदेव क्याम्पसका विद्यार्थी आन्दोलित भएका छन् ।

आज बिहान प्रहरीले उक्त भवनमा रहेको क्याम्पसको बोर्ड र क्यान्टिनका सामान जबरजस्ती बाहिर निकालेपछि उनीहरु आन्दोलित भएका हुन् ।

विनासूचना क्याम्पस खाली गर्न खोजिएको र गुण्डागर्दी शैलीमा सामान बाहिर निकालिएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् । २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछि शंकरदेव क्याम्पसका करिब ५ सयभन्दा बढी विद्यार्थी उक्त भवनमा अध्ययन गर्दै आइरहेका छन् ।

क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यले बीबीआइएम र एमबीएमका विद्यार्थी उक्त भवनमा अध्ययन गर्दै आएको जानकारी दिए ।