Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


सुनको मूल्य पुनः उकालो, पुनः तोलाको ५६ हजार


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले उकालो लागेर तोलाको ५६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य आइतबार तोलामा १०० रुपैयाँले नै घटेर तोलाको ५५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि सोमबार तोलामा ५ रुपैयाँले उकालो लागेर तोलाको ७६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १२ सय ७७ डलर हाराहारीमा कारोबार भएको थियो ।