Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


‘इन्टरनेसनल बफेलो सिम्पोसियम’ चितवनमा


0
Shares

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी कात्तिक २९ देखि मंसिर २ गतेसम्म सिम्पोसियम आयोजना हुने मिचिगन विश्वविद्यालयका प्राध्यापक नन्द जोशीले जानकारी गराएका हुन् ।

नेपालमा राँगा–भैंसीको उत्पादनलाई बढाएर मासुमा आत्मर्निभर तथा आर्थिक विकासलाई उकास्नु सिम्पोसियमको सार रहेको प्राध्यापक जोशीले उल्लेख गरे ।

सिम्पोसियमको मद्दतले अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका अध्यनकर्तालाई राँगा–भैंसीको उत्पादनमा ज्ञान प्रदान गर्ने आयोजकको दाबी छ ।

नेपालमा राँगाको मासु र भैंसीको दूधले कुल मागको ६८ प्रतिशत हिस्सा ओगटेको प्राध्यापक जोशीले बताए ।

पहाडी क्षेत्रको लाइम, पारकोटी र गड्डी तथा तराई क्षेत्रको मुर्रा जातिले बढ्दो मासु र दूधको मागलाई धानीरहेको जोशीको भनाइ छ ।