आइपानले सोमबारदेखि सुरु गरेको गोष्ठी आगामी बिहीबारसम्म चल्ने जनाएको छ ।
कार्यक्रममा विपद् न्यूनीकरण, पर्यावरण परिवर्तन र जलविद्युत् परियोजनाको अध्ययन गरिने आइपानका अध्यक्ष शैलेन्द्र गुरागाइँले जानकारी दिए ।
गोष्ठीमा जलविद्युत् परियोजनाको विपद् व्यवस्थापनको तयारी र बिमासम्बन्धी अध्ययन गरिने जनाइएको छ ।
कार्यक्रमको लक्षित वर्ग भने उच्चपदस्थका जलविद्युत् उत्पादक, प्रोजेक्ट मेनेजर, जलविद्युत् परामर्शदाता, डिजाइनर, बैंकर एवं बिमा कम्पनी रहेको अध्यक्ष गुरागाइँले बताए ।









प्रतिक्रिया दिनुहोस्