८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सडक निर्माण नहुँदा सरकार आलोचित : मन्त्री महासेठ


0
Shares

काठमाडौं, पुस १५ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले सडक निर्माणले तिव्रता लिन नसक्दा सरकार आलोचित बन्नु परेको स्वीकार गरेका छन् ।

सडक बोर्ड नेपालको १६ औं वार्षिकोत्सवको आज काठमाडौंमा उद्घाटन गर्दै उनले धेरै कानुनी जटिलता सुुल्झाउन सरकार व्यस्त रहेकाले कानुन निर्माणको काम सकिएपछि सडक निर्माणले गति लिने बताए ।

मन्त्री महासेठले आफ्ना योजनाहरु पेश गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै सडक निर्माणका लागि आवश्यक बजेट उपलब्ध गराउन तयार रहेको बताए । उनले चैत मसान्तभित्र काठमाडौंका अधिकांश सडक निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको उल्लेख गरे ।

कार्यक्रममा सडक बोर्ड नेपालले राजमार्गलाई बलियो र सुरक्षित बनाउन आवश्यक गृहकार्य भइरहेको जनाएको छ । बोर्डले सडक सम्बन्धी नयाँ कानुन ल्याउनुका साथै विद्यमान केही कानुनहरु संशोधनको तयारीमा रहेको पनि जनाएको छ ।