Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


पशुपतिनाथ मन्दिरमा बालाचतुर्दशी पर्वको तयारी पूरा, यस्तो छ नयाँ व्यवस्था


0
Shares

कोषले कात्तिक ३० गते बिहीबार साँझ दिवंगत आत्मा एवम् पितृको सम्झनामा रातिभर दीप प्रज्वलत गरी भोलिपल्ट मंसिर १ गते शुक्रबार सतविजारोपण गर्ने बालाचतुर्दशी पर्वलाई व्यवस्थित बनाउने गरी सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

कोषले आज पत्रकार सम्मेलन गरी बालाचतुर्दशीका दिन बत्ती बाल्ने निश्चित स्थानको तय गरिएको जानकारी दिएको छ ।

त्यसैगरी सुरक्षाको पर्याप्त व्यवस्था मिलाइएको, सवारी पार्किङलाई व्यवस्थित गरिएको पनि कोषले जनाएको छ ।

कोषले पशुपतिनाथ मन्दिर परिसरमा पराल लैजान र कोर क्षेत्रभित्र कुनै पनि प्रकारका सामान बिक्रीवितरण निषेध गरिएको जनाएको छ ।

बालाचतुर्दशीका दिन पाशुपत क्षेत्रभित्र स्वास्थ्य सेवा, खानेपानी र विजुली बत्तीको समेत राम्रो व्यवस्था गरिएको जानकारी दिएको छ ।