Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


६ दिन ६ रातसम्म नाचगान गरिने ‘वढाङ्मी’ चाड मनाईंदै


0
Shares

ढोल झ्याम्टाको तालमा स्थानीय भाकाका गीत गाउँदै किराँत राईहरुले बढाङ्मी मनाउने गर्दछन् ।

नयाँ बाली भित्र्याएको खुसीयालीमा ६ दिन ६ रातसम्म नाचगान गरी यो चाड मनाउने परम्परा छ ।

यो पर्वमा किराँत राईहरुले कुलदेवताको पूजा गर्नुका साथै ढोल, झ्याम्टा बजाउँदै लहरै कुम जोडेर नाच्ने गर्दछन् ।

खाल्सा क्षेत्रका छिन्ताङ, आखिसल्ला र खोकु गाउँका किराँत राईजातीले सांस्कृतिक धरोहरको रुपमा वढाङ्मी मनाउने गरेका छन् ।