Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


डडेल्धुराको पर्शुराम धाममा महोत्सव हुने


0
Shares

डडेल्धुरा । डडेल्धुराको पवित्र प्रमुख धार्मिक पर्यटकीय क्षेत्र पर्शुराम धाममा पर्शुराम महोत्सव हुने भएको छ ।

पर्शुराम नगरपालिकाले पत्रकार सम्मेलन गरी यही पुस ३० गतेदेखि महोत्सव गर्न लागिएको जानकारी दिएको हो ।

पहिलो पटक हुन लागेको महोत्सवमा संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ, मकर महास्नान, कल्पवास, महाकाली गंगा आरती, सहस्त्र शालिग्राम पूजाअर्चनालगायतका विविध धार्मिक, साँस्कृतिक एवं पर्यटकीय कार्यक्रम गरिने भएको छ ।

महोत्सव माघ ८ गतेसम्म चल्ने आयोजकले जनाएका छन् ।