उनले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहने भन्दै निर्वाचनमा खतरा पुर्याउने सम्भावित समूहका गतिविधि नियन्त्रण गर्नसमेत निर्देशन दिए ।
मंगलबार नेपालगन्जमा साविकको मध्यपश्चिमस्तरीय सुरक्षा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त बनाउन चारओटै सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिए ।
उनले चुनाव भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न हुनेमा विश्वस्त रहन सबैलाई आग्रह पनि गरे ।
निर्वाचन भयरहित र शान्तिपूर्ण बनाउन सबै राजनीतिक दल र आममतदाताको भूमिका पनि उत्तिकै आवश्यक हुने उनको भनाइ थियो ।










प्रतिक्रिया दिनुहोस्