
सरोज अधिकारी/ईमेज
काठमाडौं । संघीय संसद्का सांसदलाई आवास बनाउने चर्चा भएको लामो समय बितिसक्यो ।
बहुदलीय व्यवस्थापछि बनेको सरकारले सांसद् आवास बनाउने भन्दै ललितपुरको भैंसेपाटीमा १ सय ४२ रोपनी जग्गा अधिग्रहण गरेर संसद् सचिवालयको नाममा दर्ता गराएर राखे पनि अहिलेसम्म आवास बन्न सकेको छैन ।
अहिले पनि मासिक १८ हजारका दरले संघीय संसद्का करिब तीन सय सांसदका लागि वार्षिक करिब सात करोड रुपैयाँको हाराहारीमा आवास खर्च हुँदै आएको छ ।
अघिल्लो महिना बसेको मन्त्रिपरिषद् बैठकले ललितपुरको पुल्चोकमा रहेको मन्त्री आवास सानो भएको भन्दै भैंसेपाटीमा नयाँ आवास निर्माण गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को यो निर्णयसँगै तत्कालका लागि सांसद आवास बनाउने चर्चा त तुहिएको छ नै संसद् सचिवालयसमेत बिच्किएको छ ।
अर्कोतर्फ भैंसेपाटीका स्थानीयलेसमेत सो जग्गामा भवन नभई अन्तर्राष्ट्रिय स्तरको उद्यान बनाउन दबाब बढाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्