Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


सुरजवीरको गीत ‘तसकं यःम्ह’मा आशिष्मा र रुपेनको दमदार प्रस्तुती(भिडियो)


0
Shares

काठमाडौं । वरिष्ठ संगीतकार अमरराज शर्माको रचना र संगीतमा नेपालभाषाका चर्चित गायक सुरजवीर बज्राचार्यको लोकप्रिय गीत ‘तसकं यःम्ह’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

यस म्यूजिक भिडियोमा नायिका आशिष्मा नकर्मीका साथमा रुपेन श्रेष्ठ थक्वाः र गायक स्वयंले पनि अभिनय गरेको छन् ।

यो गीत गत बर्ष सुरजवीरकै नेपालभाषाको अर्को लोकप्रिय ‘बूदिंया भिंतुना (जन्मदिनको शुभकामना)’ गीतको कभर प्रतियोगिताको उत्कृष्ट ५ प्रतियोगी घोषणा कार्यक्रममा विमोचित ‘दोहलपा’ एल्बममा समाविष्ट गीत हो ।

गीतको छायाँकन तथा सम्पादन सोहन मानन्धरले गरेका हुन् भने श्रृंगार सनमकुमार श्रेष्ठले गरेका हुन् ।

राष्ट्रिय पुरस्कार विजेता रामकृष्ण खड्गीको निर्देशनमा बनेको यस म्यूजिक भिडियो सार्वजनिकीकरण कार्यक्रममा कलाकारहरु तथा निर्देशक खड्गीले म्यूजिक भिडियो निर्माणका क्रममा संगालेका अनुभव सुनाएका थिए ।

रचनाकार तथा संगीतकार शर्माले ३४÷३५ साल ताका गीत सृजनाको अनुभव सुनाउँदै त्यही बेलादेखि स्रोताको राम्रो प्रतिकृया पाएको उल्लेख गरे ।

‘गायक बज्राचार्यको स्वरमा गत बर्ष रेकर्ड भइ सार्वजनिक भएपछि अडियो गीतको पनि राम्रो प्रतिकृया प्राप्त गरेको भन्दै म्यूजिक भिडियो अझ लोकप्रिय हुने आशा ब्यक्त गर्नुभयो ।’

कार्यक्रममा गायक बज्राचार्यले ‘अभिनयको आफ्नो अनुभव अविश्मरणीय रहेको उल्लेख गरे ।

निर्माण समूह, सहयोगी सबैलाई धन्यवाद म्यूजिक भिडियोबाट आफू निकै सन्तुष्ट रहेको सुनाए ।

‘आफ्नो कल्पना भन्दा निकै फरक स्वरुपको म्यूजिक भिडियोले आफूलाई पनि भावुक बनाएको सुनाउँदै सबै दर्शकले मनपराओस् भनी कामना पनि गर्नुभयो ।

कार्यक्रममा संगीतकार जुगल डंगोलले गीतमा लोकप्रिय हुने गुण रहेको भन्दै सफलताको कामना गर्नुभयो भने वरिष्ठ सिने पत्रकार विजयरत्नले शुभकामना ब्यक्त गर्दै प्राविधिक रुपमा समेत सुन्दर बनेको म्यूजिक भिडियोले सबैको मन छुनेमा आफू विश्वस्त रहेको बताए ।

किर्तिपुरका विभिन्न स्थानमा छायाँकन गरिएको उक्त म्यूजिक भिडियो सार्वजनिकीकरण कार्यक्रम गायक सुरजवीरका पिता चित्रवीर बज्राचार्यको अध्यक्षतामा भएको हो । 

न्यूरोडको केशा प्लाजामा रहेको कोयला लञ्ज एण्ड बारमा यो कार्यक्रम भएको हो ।

सार्वजनिक भएको गीत यस बर्ष दान्यहिरा पुरस्कारका दाता नेपालभाषा एकेडेमीका भाइस चान्सलर यज्ञरत्न धाख्वाले सबैभन्दा बर्षको उत्कृष्ट गीतको पुरस्कार प्रदान गरेका हुन् भने यही गीत गाएर अन्तर क्याम्पस प्रतियोगितामा गायक बज्राचार्यले सर्वोत्कृष्ट गायकको पुरस्कार समेत जितेका थिए ।

 

Skip This