Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


रसुवामा २ सय ७५ भूकम्पपीडितले थप ५० हजार रुपैयाँ पाए


0
Shares

रसुवा । रसुवामा २ सय ७५ भूकम्पपीडितले थप ५० हजार रुपैयाँ सहयोग रकम पाएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास निर्माणका लागि यसअघि दिएको ३ लाख बाहेक थप ५० हजार रुपैयाँ पीडितले सहयोग पाएका हुन् ।

अमेरिकन रेडक्रस सोसाईटीको सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाले जोखिमको वर्गमा परेका, आयस्रोत नभएका, विकराल गरिवीको रेखामुनी परेका, दैनिक जिविका चलाउन कठिन भएका पीडितलाई आवास निर्माणका लागि थप रकम प्रदान गरेको हो ।

जसमा एकल महिला, नाबालक, वृद्धवृद्धा र अपांगता भएका व्यक्तिमध्ये भूकम्पका कारण पूर्ण क्षति भएको आवास निर्माण गरेका लाभग्राहीलाई थप रकम सहयोग उपलब्ध गराइएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाका अध्यक्ष बाबुलाल तामाङले जानकारी दिए ।

वडा कार्यालयबाट सिफारिस भई आएका जिल्लाका पाँच गाउँपालिकामध्ये उत्तरगयाबाट ६४, कालिकाबाट २४, आमा छो दिङ्मोबाट ५५, नौकुण्डबाट ८९ र गोसाँईकुण्ड गाउँपालिकाबाट ४३ गरी १ सय ७५ जना, ६५ वर्ष माथिका एकल महिला ८५ जना, अपांगता भएका १३ र नाबालक दुई जना गरेर २ सय ७५ भूकम्पपीडितले थप रकम पाएका हुन् ।

Skip This