Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


पुष्प व्यवसायमा लगानीमैत्री बातावरण बनेन : व्यवसायी


0
Shares

पुष्प व्यवसायीहरुले राजधानीमा गरेको कार्यक्रममा उनीहरुले पुष्प व्यवसायमा सरकारले लगानी बातावरण बनाउन नसक्दा बर्षेनी बिदेशबाट फूल भित्र्याउनु परेको गुनासो गरे ।

आय आर्जनका दृष्टिले पुष्प व्यवसायको सम्भावना नेपालमा रहे पनि सरकारले ध्यान दिन नसकेको उनीहरुको भनाई छ ।

कृषि विकास राज्यमन्त्री सरिता प्रसाईले नेपालमा फस्टाउदो फूल व्यवसायका लागि सरकारले उचित सम्बोधन गर्ने आश्वासन दिए ।

उनले पुष्प नर्सरी खेती गर्न चाहने व्यवसायीलाई सरकारले ऋणको व्यवस्था गर्ने आश्वासन पनि दिए ।

फूल आयात हैन, निर्यात गर्न सक्ने बातावरण बनाउन आवश्यक रहेको भन्दै उनले त्यसकालागि योजना ल्याउन आग्रह गरे ।

कार्यक्रममा पुष्प व्यवसायको क्षेत्रमा अनुसन्धान र विकासमा उल्लेख्य योगदान पु¥याउने व्यसायीहरुलाई सम्मानित गरिएको थियो ।