१६ श्रावण २०८२, शुक्रबार | Sat Aug 2 2025


पेस्तोलसहित चारजना पक्राउ


0
Shares

भक्तपुर, पुस १४ । सशस्त्र प्रहरी बलको विशेष टोलीले शनिबार भक्तपुरको सल्लाघारीबाट इटालीयन पेस्तोलसहित चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिकोट, तिलागुफा नगरपालिका–३ का २१ वर्षीय बलजित शाही, सोही ठाउँका २५ वर्षीय मोतिलाल शाही, सोही जिल्लाको महादेव गाउँपालिका–६ का १८ वर्षीय जागेश शाही र मुगुका २२ वर्षीय भीमप्रकाश दाहाल छन् ।

प्रकाउ परेका चारैजनालाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखेर थप अनुसन्धान भइरहेको परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । रासस