Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


‘नेपाली जनताका लागि राजसंस्थाले खेलेको भूमिकालाई सम्मानका साथ ग्रहण गर्नुपर्छ’


0
Shares

काठमाडौं, पुस १४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली जनताका लागि राजसंस्थाले खेलेको भूमिकालाई सबैले उच्च सम्मानका साथ ग्रहण गर्नुपर्ने बताएका छन् ।

नेपाल प्राज्ञिक परिषदले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष थापाले स्व. राजा वीरेन्द्र शाहले नेपालको परराष्ट्र नीतिलाई कुशलतापूर्वक सन्चालन गरेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा उनको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे ।

कार्यक्रमका अरु वक्ताहरुले राजा वीरेन्द्रले शान्ति क्षेत्रको प्रस्ताव अघि सारेर नेपालको स्वाधिनता र अखन्डताका लागि खेलेको योगदानको चर्चा गरेका थिए ।