Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


बालबालिकाको जन्मदर्ता सहज बनाऊ : मानवअधिकार आयोग


0
Shares

‘गुड नेवर्स इन्टरनेशलन’ र जागृति बाल तथा युवा सरोकार नेपालले राजधानीमा आयोजना गरेको बाल संरक्षणका विद्यमान सवालमा सरोकार भएकाहरु बीचको संवाद कार्यक्रममा अध्यक्ष शर्माले संविधानले बालबालिकाको जन्मदर्तालाई कानूनी अधिकारका रुपमा व्याख्या गरेको बताउँदै सोच, संस्कार र कार्यशैलीमा परिवर्तन नआएसम्म बालअधिकार सजिलै स्थापित नहुने धारणा राखे ।

कार्यक्रममा केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले स्थानीय तहको क्षमता विकास र अभिभावकको सचेतना अभिवृद्धिका कार्यक्रम सँगसँगै लैजानुपर्ने औँल्याए ।

आयोजक संस्था गुड नेवर्सका कार्यक्रम निर्देशक रुपा मिश्रले बाल संरक्षणको विषयलाई स्थानीय तहदेखि केन्द्रसम्म जोड्नका लागि निरन्तर बालमैत्री संवाद जारी राख्नुपर्नेमा जोड दिइन् । युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बाल सरोकारका विषयमा सात ओटै प्रदेशमा छलफल गरिने र कार्यान्वयनका लागि सकारात्मक दबाब दिइने बताए ।

कार्यक्रममा बालबालिकासँग सरोकार राख्ने सरकारी निकाय, ७५ सामाजिक संघसंस्था, ३० बाल क्लब, १५ गैरसरकारी संस्था र १५ जिल्ला सन्जालका ३०० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो । रासस