पाँचथर, असार १६ । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ११ मा फेमे सिबुवा नमुना सिँचाइ सडक कुलो निर्माण थालिएको छ ।
चालु आर्थिक वर्ष ०७४/७५ को प्रदेश नम्बर १ को २० लाख, फिदिम वडा नम्बर ११ को ३ लाख ५० हजार र स्थानीय राधाकृष्ण न्यौपानेको ३ लाख रुपैयाँ सहयोगमा सडकसहितको नमूना कुलो बनाउन थालिएको हो ।
अहिले ५ सय ७५ मिटर सडक र कुलो बनिसकेको छ । अर्को वर्ष यही सडकका लागि प्रदेश सरकारले १ करोड ५० लाख रुपैया बजेट विनियोजन गरेको छ ।
कुलो निर्माण हुँदा फिदिम ११ का करिब ५ सय घरधुरी लाभान्वित हुने फेमे सिबुवा नमुना सिंचाई कुलो निर्माण समितिका अध्यक्ष यामकुमार आङबोले बताए ।
सडक कुलोको चौडाई ६ मिटर र लम्बाई साढे ९ किलोमिटरको हुनेछ ।
सडक कुलोको बीचबीचमा माछापोखरी, छेउछेउमा विजुलीको पोल राखिने, एकीकृत वस्ती बसाउने, फलफूलका विरुवा लगाउने, १ सय वटा जति खानेपानी र नुहाउने धारा निर्माण गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्