दुर्घटनामा पोखरा–लेखनाथ महानगरपालिका मालेपाटनका दीपक गुरुङको मृत्यु भएको हो ।
दुर्घटनामा अरु ४० जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको र घाइतेहरुलाई उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
बालाचतुर्दशीको अवसरमा पञ्चासेमा सद्बीज छर्नका लागि गएका यात्रीहरु लिएर फर्कनेक्रममा ध१ख ८७ नम्बरको बस पर्वत, कास्की र स्याङ्जाको सिमानामा पर्ने भञ्याङमा सडकबाट करिब १०० मिटर तल खसेको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्