कम्पनीले सुरुवातमा ३ ओटा जीवन बिमा योजना सन्चालनमा ल्याएको र छिट्टै ४ ओटा बिमा योजना ल्याउने जनाएको छ ।
कम्पनीले कारोबार सुरु गरेको विषयमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ताराचन्द्र केडियाले नेपालीहरुको आयस्तर बढेको र कुल गार्हस्थ उत्पादन पनि उच्च रहेकाले नयाँ बिमा कम्पनीहरुको आगमनले व्यवसाय विस्तार गर्न सहयोग गर्ने बताए ।
११३ जना प्रबद्र्धक रहेको कम्पनीको १ अर्ब ४७ करोड चुक्ता पुँजी रहेको जनाइएको छ । सर्वसाधारणका लागि ६३ करोड शेयर जारी गरी चुक्ता पुँजी २ अर्ब १० करोड पुर्याउने कम्पनीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्