वितेको २४ घन्टाभित्र उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरबाट यति धेरै संख्यामा सवारी चालकहरु कारवाहीमा परेका हुन ।
जसमध्ये जथाभावी यात्रु चढाउने र ओराल्ने ३ सय ७ जना, लेन मिच्ने २ सय ६० जना, सडक तथा फुटपातमा पार्किङ गर्ने १ सय ६३ जना कारवाही परेका हुन् ।
त्यसबाहेक मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय १० र अनावश्यक हर्न बजाउने ६३ जना कारबाही परेको ट्राफिक प्रहरीले जनाएको छ ।
त्यस्तै बढी धुँवा फाल्ने २१ वटा र स्टिकर फेल भएका १२ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएर कारवाहीका लागि यातायात ब्यवस्था कार्यालयमा पठाइएको छ ।
त्यस्तै शुक्रबार राती अबेरसम्ममा उपत्यका प्रहरीले १ सय ५४ जना ब्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी निरीक्षक विश्वविजय ढकालका अनुसार काठमाडौंबाट १ सय ४४, ललितपुरबाट ७ जना र भक्तपुरबाट तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
होहल्ला गर्ने, झगडा गर्ने तथा अन्य अवैधानिक गतिविधि गर्ने त्यस्ता ब्यक्तिहरु ठमेल, गगंबु, कलकी, लाजिम्पाटलगायतका क्षेत्रबाट प्रहरी नियन्त्रणमा परेका हुन् ।
उनीहरुलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरिक्षक ढकालले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्