Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


बेँसीशहरमा बम फेला, नेपाली सेनाद्वारा निष्क्रिय


0
Shares

बेँसीशहर–८, अस्पताल चोकमा फेला परेको बमलाई नेपाली सेनाले निष्क्रिय पारेको छ ।

लमजुङ जिल्ला सामुदायिक अस्पताल छेउ सडक नालीमा शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उक्त बमलाई नेपाली सेनाको श्रीजङ गणबाट आएको बम डिस्पोजल टोलीले निष्क्रिय पारेका थिए ।

नेपाली सेनाका अनुसार सिलौटको कित्लीभित्र सुतली बम भेटिएको थियो ।

दुई पटकको प्रयास गरेपछि बम निष्क्रिय पारिएको श्रीजङ गणका प्रमुख सेनानी माधव थापाले जानकारी दिए ।

यसअघि आज बिहानै बेशीसहरमा नजिकैको वनमा पनि बम पड्काइएको थियो । बिहान करिब ६ बजे चर्को आवाजमा बम पड्किएपछि सर्वसाधारण आतंकित भएका थिए ।

आज सदरमुकाम बेँसीशहरमा नेपाली काँग्रेसको आमसभा हुँदैछ ।

आमसभामा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले सम्बोधन गर्ने नेपाली काँग्रेस लमजुङले जनाएको छ । रासस