मंसिर १७ गते धान्यपूर्णिमाका दिन मनाइने ज्यापु दिवसको अवसर पारेर दगु दापा खलःले काठमाडौंमा आज साइकल र्याली निकालेको हो ।
टेकुबाट निकालिएको साइकल र्याली लगन, ओमबहाल, न्यूरोड, इन्द्रचोक, मखन, भीमसेनस्थान, पुरानो नैकाप, चहचोक, सतुंगल हुँदै कीर्तिपुरको पाँगामा पुगेर टुंगिएको थियो ।
साइकल र्यालीमा ठूलो संख्यामा स्थानीय सहभागी भएका थिए ।
ज्यापु संस्कृति विकास कोषका प्रतिनिधि सन्तकुमार महर्जनले परम्परागत संस्कृति संरक्षणको आह्वान गर्दै साइकल र्याली निकालिएको बताए ।
१४ औं राष्ट्रिय ज्यापु दिवस आगामी १७ गते विभिन्न कार्यक्रम गरी मनाउने तयारी भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्