एकदिने गोष्ठीमा निर्वाचन गराउन आवश्यक जनशक्ति, प्रविधि तथा सुरक्षा संवेदनशीलता र चाल्नुपर्ने कदमका विषयमा छलफल हुनेछ ।
कार्यक्रममा गृहसचिव मोहनकृष्ण सापकोटाले निर्वाचनको मुखमा उम्मेदवारलक्षित गरी भएका आक्रमणले सुरक्षा चुनौती बढाएको बताए ।
कार्यक्रममा क्षेत्रीय प्रशासकसहित पूर्वका १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका क्षेत्रीय प्रमुख तथा जिल्ला प्रमुखहरूको सहभागिता रहेको छ ।










प्रतिक्रिया दिनुहोस्