Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


मेलम्ची पानी प्रशोधन केन्द्रको परीक्षण सफल, वैशाख पहिलो हप्तासम्म वितरण


0
Shares

सुन्दरीजलमा निर्माण भएको ८ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्रका ६ओटै कक्षको परीक्षण सफल भएको हो ।

वाग्मतीको पानी लगि प्रशोधन केन्द्र परीक्षण गरिएको थियो । परीक्षणबाट केन्द्र निर्माण सफल भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिए ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट २७ किमी लामो सुरुङमार्गमार्फत् दैनिक १७ करोड लिटर पानी उपत्यका ल्याइँदैछ । बाँकी ८ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण पनि तीव्र गतिमा भइरहेको उनले जानकारी दिए ।

अर्को प्रशोधन केन्द्र निर्माण पनि विसं २०७५ भदौ मसान्तसम्म सक्ने आयोजनाको लक्ष्य छ ।

‘सुरुङको सुन्दरीजल–सिन्धु नौ किमी मार्ग खनी सकिएको छ, सिन्धु–ग्याल्थुम र ग्याल्थुम–अम्बाथानको १.९० किमी सुरुङ निर्माणमात्र बाँकी छ, कमजोर चट्टानका कारण केही ढिलो भए पनि ढिलोमा चैत अन्तिमसाता अथवा वैशाख पहिलो हप्तासम्म पानी राजधानी आइपुग्छ’–उनले भने ।

मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन गरेपछि उपत्यकामा वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइप विच्छ्याउने काम अन्तिम चरणमा पुर्‍याएको जनाएको छ ।

थोक वितरण प्रणालीको ७७ किमिमध्ये ६५ किमिको कामसम्पन्न भएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिए ।

यसैगरी, उपभोक्ताको घर÷घरमा पानी पुर्‍याइने वितरण सनजालको ६७० किमिमध्ये ६२० किमिको कामसम्पन्न भएको छ ।

बाँकी ५० किमीमध्ये पुस मसान्तसम्म पहिलो चरणको वितरण सन्जाल निर्माणसम्पन्न गरीसक्ने आयोजनाको लक्ष्य छ । दोस्रो चरणमा थप वितरण सन्जालको पाइप बिच्छ्याउनका लागि काम सुरु गर्ने तयारी भएको बताइएको छ । रासस