Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


रौतहटमा बम विस्फोट, ८ जना घाइते


0
Shares

वाम गठबन्धनको ५ नम्बर वडा भेला सम्पन्न भएर खाजा खान हलबाट बाहिरिनेक्रममा बम विस्फोट गराइएको थियो ।

चन्द्रनिगाहपुरको धार्मिकस्थल राधाकृष्ण मन्दिरकै हलमा वाम गठबन्धनले भेला गरेका थिए ।

सो भेलाका सहभागी बाहिरिँदै गर्दा बरको बोटनजिक गराइएको विस्फोटमा परी ३१ वर्षीया सीता राई, ७ वर्षीय जैविक राई, ४५ वर्षीया लक्ष्मी साह, ५४ वर्षीय रत्नबहादुर बिक, ४८ वर्षीय कुन्ता खत्री, ३९ वर्षीय गोपाल बिक, ४५ वर्षीया दिलमाया राई, ५० वर्षीया यमुना काफ्ले घाइते भएका छन् । घाइते सीता र जैविक राई आमा छोरा हुन् ।

बम विस्फोटमा परी घाइते भएका गोपाल बिक र यमुना काफ्लेको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ ।

अरु घाइतेलाई उपचारका लागि चितवन पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

विस्फोट भएको बम कुन हो भन्ने सम्बन्धमा छानबिन भइरहेको जनाइएको छ । विस्फोटको जिम्मा कसैले पनि लिएको छैन ।