सिन्धुली, पुस १३ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी तीन वर्षभित्र सुरक्षित आवासको योजना कार्यान्वयनमा आउने बताएका हुन् ।
शुक्रबार सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा आयोजित प्रादेशिक व्यापार महोत्सवको उद्घाटन गर्दै मन्त्री खतिवडाले तीन वर्षपछि सबै नेपाली सुरक्षित घरमा बस्न पाउने दाबी गरेका हुन् ।
आगामी पाँच वर्षभित्रै पाँच लाख मानिसलाई रोजगारी दिने तयारी सरकारले गरिरहेको पनि उनले बताए ।
सिन्धुलीको धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले आयोजित महोत्सव यही पुस २२ गतेसम्म चल्नेछ ।









प्रतिक्रिया दिनुहोस्