काठमाडौं, पुस १३ । फुटवेयर्स म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णकुमार फुयाँलले नेपालमा छालाजन्य वस्तुहरु उत्पादनको प्रचुर सम्भावना भएपनि राज्यको उचित नीतिको अभावमा अपेक्षितरुपमा अगाडि बढ्न नसकेको बताएका छन् ।
शुक्रबार फुटवेयर्स म्यानुफ्याक्चर्स एसोसिएसनले आयोजना गरेको १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटनकाक्रममा उनले नेपालमा जनशक्ति, कच्चापदार्थ, प्रविधि र पुँजीको अभावमा छालाजन्य वस्तुहरु पर्याप्त उत्पादन हुन नसकेको गुनासो गरेका हुन् ।
राज्यले उचित नीति लिने हो भने छालाजन्य उद्योगले पर्याप्त रोजगारीका साथै अहिले संकलन गरेभन्दा पाँच गुणा बढी राजस्वमा योगदान पुर्याउनसक्ने उनले दाबी गरे ।
भृकुटीमन्डपस्थित प्रदर्शनी हलमा सुरु भएको १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा स्वदेशी छालाजन्य उत्पादनहरु राखिएका छन् ।
मेला यही पुस १९ गतेसम्म चल्नेछ ।









प्रतिक्रिया दिनुहोस्