उनीप्रति श्रद्धाञ्जली दिन माओवादी केन्द्रका साथै अरु राजनीतिक दलका नेता कार्यकर्ता माओवादी कार्यालय कोटेश्वर पुगेका छन् ।
यसअघि काठमाडौंको लाजिम्पाटस्थित निवासमा अचेत भएपछि उनलाई आज बिहान साँढे ५ बजे काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याइएको थियो । नर्भिक अस्पतालका चिकित्सकहरुले प्रकाशको आकस्मिक हृदयाघातका कारण निधन भएको जनाएका हुन् ।
चिन्ताजनक अवस्थामा अस्पताल पुर्याइएका प्रकाशको निधनबारे जानकारी दिँदै अस्पतालले मृत्युको अरु कुनै कारण नदेखिएको प्रष्ट गरेको हो ।
केहीबेरमा प्रकाशको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।










प्रतिक्रिया दिनुहोस्