निर्वाचन प्रचारप्रसारमा जुटेका सबैजसो नेता–कार्यकर्ता आफ्नो निर्धारित कार्यक्रम स्थगित गर्दै संचारमाध्यमतर्फ तानिए । कयौंले आफन्त तथा माओवादी पार्टी कार्यालयमा फोन गरेर प्रकाशको अवस्थाबारे जानकारी लिएका थिए भने राजधानीमा रहेका नेता–कार्यकर्ताहरु प्रकाशलाई राखिएको नर्भिक अस्पतालमै पुगेका थिए ।
पूर्वप्रधानमन्त्री दाहाल स्वयं झापाबाट हेलिकोप्टर चार्टर गरी काठमाडौं फर्किए ।
अस्पतालमा विभिन्न दलका नेता तथा कार्यकर्ताहरु प्रकाशको अवस्था बुझ्न पुगे ।
यसबीच मै अस्पताल प्रशासनले पत्रकार सम्मेलन गरी प्रकाशको निधन भएको औपचारिक जानकारी दियो ।
अस्पताल प्रशासनको भनाइ लगायत अस्पताल परिसरमा देखिएको दृष्यसमेटेर तयार पारियो भिडियो हेर्नुहोस् ।










प्रतिक्रिया दिनुहोस्