२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


उपचार गर्न लैजाने बहानामा होटलमा राखेर छोरी बलात्कार ! आरोपी पिता पक्राउ


0
Shares

बागमती नगरपालिका–९, शंकरपुर निवासी ३६ वर्षीय कृष्णबहादुर कार्कीलाई छोरी करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय एक विद्यालयमा कक्षा ७ मा अध्ययनरत बालिकालाई कार्कीले कात्तिक ६ गते उपचारका लागि भरतपुर लैजाने बहानामा भरतपुरस्थित होटलमा राखी बलात्कार गरेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक ललन कुर्मीले बताए ।

उनले मंसिर १ गते राति घरमै सुतिरहेको अवस्थामा बलात्कार गरेपछि घटना सार्वजनिक भएको हो । श्रीमती काठमाडौं गएको मौका छोपी कार्कीले छोरीलाई बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट