२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


अपांगता भएका ४० जनालाई विभिन्न सीपमूलक तालिम


0
Shares

काठमाडौं, पुस १३ । सुकल्प इन्टरनेसनल नामक गैरसरकारी संस्थाले अपांगता भएका ४० जनालाई विभिन्न सीपमूलक तालिम दिन सुरु गरेको छ ।

काठमाडौं जिल्लाका ४० जना अपांगता भएका व्यक्तिलाई चार महिनासम्म सीपमूलक तालिम दिइने सो संस्थाले जनाएको छ ।

तालिम दिइनेहरुमा दृष्टिविहीन, श्रवण क्ति कम भएका र शारीरिकरुपमा अशक्त व्यक्तिहरु रहेका छन् ।

अपांगता भएका व्यक्तिहरुले शिक्षित भएर पनि रोजगारी नपाएका कारण उनीहरुलाई सीपमूलक तालिम दिन लागेको र तालिमपछि उनीहरुको रुचिको विषयमा रोजगारी उपलब्ध गराइने दाबी पनि सो संस्थाले गरेको छ ।