महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक दामोदर सिलवालका अनुसार संख्यात्मक हिसाबले दुर्घटना बढी देखिए पनि ती दुर्घटनामा मानवीय क्षति भएको छैन ।
विगत २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ६ सय ५६ जना चालक कारवाहीमा परेका छन् । तीमध्ये मापसे गरी सवारी साधन चलाउने ७९ जना, लेन उल्लंघन गर्ने २ सय ३६ जना छन् ।
यसैबीच विगत २४ घण्टामा उपत्यकाबाट १०६ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय प्रहरी निरीक्षक रामेश्वर चापागाइँले जानकारी दिए । चोरी, होहल्ला, शंकास्पद अवस्थामा रहेका र विभिन्न अभियोगमा फरार रहेकाहरु पक्राउ परेका हुन् ।
काठमाडौंबाट ८८, ललितपुरबाट १४ र भक्तपुरबाट ४ जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक चापागाइँले जनाए ।










प्रतिक्रिया दिनुहोस्