गृह मन्त्रालयले प्रदेश नम्बर–३ का सुरक्षा अधिकारीलाई बोलाएर एक दिने गोष्ठी गरेको हो । पछिल्लो समयमा सुरक्षा चुनौति बढेकाबारेमा सुरक्षा निकायका अधिकारीहरुबीच रणनीतिक छलफल हुनेछ ।
देशका विभिन्न ठाउँमा भएका बिष्फोटका घटना र क्षतिका बारेमा पनि समीक्षा हुने बताईएको छ ।
गोष्ठीमा प्रदेश नम्बर–३ का प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको सहभागिता छ ।
नजिकिँदै गरेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सुरक्षित रुपमा सम्पन्न गर्न अपनाउने सुरक्षा रणनीति र प्रदेश नम्बर–३ का प्रमुख जिल्ला अधिकारीले आ–आफ्नो जिल्लाको सुरक्षा स्थितिको बारेमा जानकारी गराउने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्