Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


बैतडीमा एक युवक मृत फेला


0
Shares

मृत फेलापर्नेमा बझाङको बित्थड–चिर गाउँपालिका–८ सुनकुडा, खटालीका ३५ वर्षीय जय बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

मंसिर २ गते शनिबार राति बैतडीको सिगास गाउँपालिका–७ न्वाघरमा लागेको मेला हेर्न युवक बैतडी आएको बताइएको छ ।

मेला हेर्न बझाङबाट आएका उनी घर नफर्केपछि खोजतलास गर्दा सिगास गाउँपालिकाको गोयलाखोलामा मृत फेलापरेको जनाइएको छ ।

घटनास्थलको प्रकृति हेर्दा भीरबाट लडेर युवकको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि जिल्ला अस्पताल बझाङ लगिएको छ । घटनास्थल बझाङको सीमानजिकै पर्दछ ।