Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


निर्वाचनमा अवरोध पुर्‍याउने प्रयासको निन्दा गर्छौं : अमेरिकी दूतावास


0
Shares

नेपालस्थित अमेरिकी दूतावासले सोमबार जारी गरेको विज्ञप्तिमा ‘हिंसाको प्रयोगद्वारा निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउने कुनै पनि प्रयासको निन्दा गर्छौं’ भनिएको छ र

‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दुवै चरणमा सबै पक्षलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक प्रक्रिया अपनाउन आग्रह गर्दछौँ, हिंसाको डर त्रासविना निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने नागरिकको हकलाई संरक्षण गर्नु लोकतान्त्रिक निर्वाचन प्रणालीको एक मुख्य सिद्धान्त हो’ विज्ञप्तिमा भनिएको छ ।

नेपालको कानुन र संविधानमा व्यवस्था भए बमोजिम शान्तिपूर्ण अभिव्यक्तिको स्वतन्त्रताका साथै शान्तिपूर्ण रूपमा भेला हुन पाउने स्वतन्त्रता र मतदाताको अधिकारलाई सम्मान गर्न पनि दूतावासले सबै पक्षसँग आग्रह गरेको छ ।

निर्वाचन राजनीतिक बहसको अवसर भएपनि लोकतन्त्रमा मतपेटिकाको माध्यमबाट विमति व्यक्त हुनुपर्ने दूतावासको भनाइ छ । सुरक्षा निकायलाई पनि कर्तव्य पालना गर्दा संयम अपनाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदन्डको पालना गर्न आग्रह गरिएको छ ।

शान्तिपूर्ण, समावेशी तथा विश्वसनीय निर्वाचन प्रक्रियाका लागि सबै सरोकार भएका निकायसँग सहकार्य गर्न अमेरिका प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा जनाइएको छ । रासस