Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


ट्र्याक्टरको ठक्करबाट युवतीको मृत्यु


0
Shares

कपिलवस्तु नगरपालिका वडा नं २ तौलिहवा बैंकरोड जनिकबाट भैरहवा जाँदै गरेको लु३त २१४५ नम्बरको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा स्थानीय १८ वर्षीया बबिता गुप्ताको मृत्यु भएको हो ।

क्याम्पसबाट पढेर घर फर्किंदै गरेकी गुप्ता ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई भैरहवा मेडिकल कलेजमा पुर्‍याएपछि साँझ नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिए ।

ठक्कर दिने ट्र्याक्टर चालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । (रासस)