बारा, पुस १३ । बारामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । उत्कृष्ट बीउ बिजन समयमा उपलब्ध हुनु, पर्याप्त सिँचाइ र समयमा पानी परेकाले यस वर्ष धानको उत्पादन वृद्धि हुँदा किसान खुशी भएका छन् ।
तराईमा झन्डै ७० प्रतिशत जमिनमा धान खेती गरिन्छ । बारामा ६२ हजार ५९५ हेक्टरमा धान खेती हुने गरेको कृषि कार्यालय बाराले जनाएको छ ।
धान उत्पादनमा आत्मनिर्भर बनेको यो जिल्लामा यस वर्ष समयमा पानी परेपछि उत्पादन वृद्धिमा सहयोग पुगेको हो । बारामा यस वर्ष १.५ प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र बाराका कृषि अर्थ विज्ञ गेनालालप्रसाद मण्डलले जानकारी दिए । अन्नबालीमध्ये धानको योगदान बारामा ५६ प्रतिशत छ ।









प्रतिक्रिया दिनुहोस्