
महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख वरिष्ठ उपरीक्षक रवीन्द्रकुमार धानुकले अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै फोन गरेपछि सर्वोच्च परिसरबाट सबै व्यक्तिलाई बाहिर पठाइएको जानकारी दिए ।
उनले भने–‘बमको हल्लापछि हामीले सर्वोच्च परिसरभित्र खोजतलास जारी राखेका छौं । अहिलेसम्म केही भेटिएको छैन ।’
सर्वोच्चमा ४२८११७३ को ‘ल्यान्डलाइन’ नम्बरबाट एक अपरिचित व्यक्तिले बम राखेको जनाऊ दिएका थिए ।
इजलास सुरु हुन लागेका बेला आएको हल्लासँगै सर्वोच्चबाट हतार–हतार न्यायाधीश, अधिवक्ता, कर्मचारी र सेवाग्राही बाहिरिएका थिए ।
अहिले सेनाको बम डिस्पोजल टोलीसमेत त्यहाँ पुगेको छ । रासस
प्रतिक्रिया दिनुहोस्